• ४ वैशाख २०८१, मङ्गलबार

बहुमत गुमाएपछि राजीनामा दिन सुझाव

blog

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलगायत।

रमेश पौडेल

पोखरा, चैत ११ गते। नेपाली कांग्रेसले गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ। आज पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारलाई राजीनामा दिन आग्रह गरेको हो।

माओवादीले सरकारलाई गरेको समर्थन हिजो फिर्ता लिएसँगै गण्डकी सरकार अल्पमतमा परेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको यो अवस्थामा सरकारबाट राजीनामा दिएर जतिसक्दो छिटो मार्गप्रशस्त गर्दा प्रदेशको हित हुने बताउनु भएको हो। 

शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। माओवादीले समर्थन छोडेपछि खगराज अधिकारी नेतृत्वको सरकारले बहुमत गुमाएको छ।