• ८ वैशाख २०८१, शनिबार

पूर्व प्रधानमन्त्री केपी ओलीद्वारा लुम्बिनीको अवलोकन भ्रमण

blog

लुम्बिनीको अवलोकन भ्रमणमा नेकपा (एमाले) अध्यक्ष केपी ओलीलगायत । तस्बिर : लक्ष्मण पौडेल

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत ११ गते। पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ। पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गर्नुभयो। 

ओलीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुभयो। त्यस्तै उहाँले मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गर्नुभएको हो । पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो। 

पूर्वप्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गर्नुभयो। सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको समेत सहभागिता रहेको थियो।