• १६ चैत २०८०, शुक्रबार

बालबिवाहबिरूद्ध धामिझाँक्री सम्मेलन

blog

शुक्रवार तिलागुफा नगरपालिकामा आयोजित धामिझाँक्री सम्मेलनका सहभागी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालिकोट, चैत १० गते । सामाजिक रूपमा रहेको बालविवाहलाई रोक्न धामिझाँक्री र पुरोहितलाई परिचालन गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिकाले धामिझाक्री र पुरोहित सम्मेलनको आयोजना गरी बालविवाह रोक्न धामिझाँक्री परिचालन गरेको हो । 

नगर उपप्रमुख महेन्द्रवहादुर शाहीले नागरिकको भविष्यवाणी गर्ने र विवाहका लागि लगन जुराउने धामिझाँक्री भएकाले उनीहरूलाई भेला गरेर परिचालन गरिएको बताउनुभयो । उपप्रमुख शाहीले सम्मेलन आयोजना गरी बालविवाह रोक्न लगाइएको बताउनुभयो ।

सहयात्रा परियोजनाका संयोजक सरिता खत्रीले सात वर्षको सचेतीकरणले धामिझाँक्रीलाई पनि बालविवाह गर्नु अपराध हो भनेर भन्नसक्ने बनाएको बताउनुभयो । सम्मेलनमा बालबिवाहबिरूद्ध अभियानमा सहभागी सय जना धामिझाँक्रीलाई सम्मान समेत गरिएको छ ।