• १२ वैशाख २०८१, बुधबार

बागमती प्रदेशका चार मन्त्रीद्वारा राजीनामा

blog

बागमती प्रदेशसभा । फाइल तस्बिर

बागमती, चैत १० गते । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज (शुक्रबार) राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्नुहुँदै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गर्नुभयो ।

नेकपा (एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुनुहुन्छ ।

प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात् पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री शालिकाराम जम्कट्टेलको नेतृत्वमा सरकार बनाउन अभिभावकीय र नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।

उहाँले हाल राष्ट्रियरूपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र माओवादी केन्द्र अर्को फरक राजनीतिक गठबन्धन बनाउने दिशातर्फ उन्मुख भएको अवस्थामा जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भइरहन नसकिने अवस्थाका कारण आजैका मितिदेखि लागू हुनेगरी संयुक्त राजीनामा दिएको घोषणा गर्नुभयो ।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिनका लागि आह्वान गरिएकाे बैठक हाल जारी छ । रासस