दीर्घकालीन महत्त्वको बिमस्टेक

GOPAL SHOWAKOTI प्रा. डा. गोपाल शिवाकोटी

 

काठमाडौँमा हुने चौंथो ‘बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ ९बिमस्टेक० को शिखर सम्मेलनको तयारी पूरा भएको छ भदौ १२ देखि १५ गतेसम्म हुने यो सम्मेलन नेपालका लागि चुनौती र अवसरको रूपमा समेत रहेको छ अध्यक्ष रहेको नाताले सम्मेलन परिणाममुखी र उपलब्धिपूर्ण बनाउन नेपालले महìवपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ
यो शिखर सम्मेलन नेपालको सामान्य अवस्थामा नभएर परिवर्तित परिस्थितिमा हुँदैछ नेपालबारेमा शुरु गरिएका भ्रमहरूलाई छिचोल्न र वामपन्थी सरकारले अगाडि सारेको नेपालको समृद्धि, विकास तथा स्थायित्वको कार्ययोजनालाई समेत सफल बनाउनका लागि बिमस्टेक शिखर बैठकले सहयोग गर्ने अपेक्षा गरिएको छ
नेपालले अहिले दक्षिण एशियाली राष्ट्रहरूको सङ्गठन ९सार्क० र बिमस्टेकको अध्यक्षता गरिरहेको छ बिमस्टेक शिखर सम्मेलनलाई सम्पन्न गर्नुलाई नेपालको प्रतिष्ठा र सम्मानसँग समेत जोडेर हेरिएको छ वामपन्थी सरकार बनेपछि पहिलोचोटि हुन थालेको यसप्रकारको अन्तर्राष्ट्रिय सम्मेलनले सरकार, देशको प्रतिष्ठा बढाउनेमात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको दृष्टिकोणसमेत प्रष्ट पार्न सक्ने सुनौलो अवसर दिनेछ नेपालले खेल्ने कूटनीतिक कौशलले यो शिखर बैठकबाट अर्थपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ आफ्नो प्रतिष्ठा र गौरवलाई समेत विस्तार गर्न सक्ने यो सम्मेलनको तयारीलाई सरकारले तिव्रता दिएको देखिन्छ
यो सम्मेलनमा भाग लिन सङ्गठनका सदस्य, छवटै देशका कार्यकारी प्रमुख आउने भएकोले उनीहरूको सम्मानका लागि काठमाडौँका सडकलाई टल्काउने, सडकमा टाँगिएका तारहरू तह लगाउने तथा सडक बत्ती र विरुवाको व्यवस्थापन गर्ने काम जोडतोडका साथ भएको देखिन्छ लाग्छ, नेपालीले दैनिक रूपमा भोग्ने समस्या विदेशी पाहुना आउँदा बेहोर्नु पर्ने छैन कतिपयले यो कामलाई ‘अरूलाई देखाउनका लागि दुई दिनको तामझाम’का रूपमा चर्चा गर्छन् तर यसबाट क्षेत्रीय नेता तथा प्रतिनिधिमण्डलले काठमाडौँबारेमा राम्रो प्रभाव लिएर फर्कने छन् र पर्यटनको विकास तथा विस्तार हुन सक्नेछ
सार्क तथा आसियान दुई सहयोग सङ्गठनलाई जोड्ने उद्देश्यले गठन भएको बिमस्टेक सन्धिले यस क्षेत्रको समृद्धि र विकासका लागि महŒवपूर्ण काम गर्न सक्ने छ सार्क सहयोग सङ्गठनको दुई वर्ष अगाडि नै सम्पन्न गरिसक्नु पर्ने १९ औँ शिखर समेलन भारत र पाकिस्तानबीचको असमझदारीका कारण सम्पन्न हुन सकेको छैन यसो त नेपाल अहिले पनि सार्क अध्यक्ष मुलुकको रूपमा रहेको छ बिमस्टेकको यो बैठकमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुहुने भएको छ त्यसैले सार्कमा रहेका अवरोधहरू हटाएर यो क्षेत्रलाई गति दिन मोदीसँग विचार विमर्श गर्ने अवसर प्राप्त हुने र सार्कलाई प्रभावकारी बनाउनका लागि त्यसले मद्दत पु¥याउने भएकोले पनि बिमस्टेक शिखर सम्मेलन दीर्घकालीन महत्वको हुनेछ निश्चय नै यी क्षेत्रीय सहयोग सङ्गठनका अन्य चुनौती छन् तर यी चुनौतीलाई अवसरको रूपमा फेर्नुपर्छ
साउन २५ र २६ गते सम्पन्न बिमस्टेकका सदस्य राष्ट्रहरूका उच्चस्तरीय पदाधिकारीको बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने प्रस्तावहरू तयार गरेको छ यो बैठकले बिमस्टेक विकास कोष र विमस्टेक पूर्वाधार लगानी बैङ्क स्थापना गर्ने निर्णय गरेको छ अहिलेसम्म यस क्षेत्रमा विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोषबाट लगानी प्राप्त हुँदै आएको अवस्थामा बिमस्टेक बैङ्क स्थापना भएमा यो क्षेत्रका लागि आफ्नै स्रोतबाट लगानी जुट्नेछ यो बिमस्टेक विकास कोषको स्थापना समान लक्ष्य र उद्देश्य भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय सङ्गठनसँगको सहयोगमा हुनेछ मन्त्री स्तरीय बैठकले बिमस्टेक सम्मेलनमा भएको समझदारी, सम्झौता र निर्णयलाई व्यवस्थित रूपमा राख्ने भएको छ
बिमस्टेकको गठन १९९७ भए पनि २२ वर्षमा पनि यसको बडापत्र तयार हुनसकेको छैन नेपालले बडापत्र तयार पार्न जोड दिएकाले गर्दा उच्चस्तरीय पदाधिकारीको तयारी बैठकमा बडापत्रबारे छलफल भएको छ यो बैठकले आगामी सम्मेलनका लागि ‘बङ्गालको खाडी क्षेत्रको शान्तिपूर्ण, समृद्ध र दिगो विकास’ भन्ने विषय तय गरेको छ अध्यक्ष रहेको नेपालले काठमाडौँ शिखरको सम्मेलनको उद्घाटन गर्ने र महासचिवले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ लोगो र झण्डा फेर्ने बारेमा भने निर्णय हुन सकेन शिखर सम्मेलनपछि जारी गरिने काठमाडौँ घोषणपत्रको बारेमा पनि लगभग सहमति जुटेको देखिन्छ
बिमस्टेकको एक प्रमुख एजेन्डा ‘कनेक्टिभिटी’
९सम्पर्क सञ्जाल० हो यस क्षेत्रको कनेक्टिभिटी बढाउन भन्दै १४ भन्दा बढी परियोजना परिचालन गरिएकोमा अगाडि बढ्न नसकेको अवस्था छ अब यसलाई अगाडि बढाउने प्रस्ताव भएको छ यस्ता परियोजनामा मुख्य त व्यापार र लगानी, यातायात र सञ्चार, ऊर्जा पर्यटन, प्रविधिको विकास, सार्वजनिक स्वस्थ्य, गरिबी निवारण रहेका छन् यो सहयोग सङ्गठनले क्षेत्रीय सहयोगको विशाल सम्भावना बोकेको छ नेपाल र भुटानमा जलस्रोत, भारत र थाइल्याण्डमा चामल, भारत र बङ्गलादेशमा जुटको प्रचूर सम्भावना रहेको छ र यसले सार्क क्षेत्रलाई आशियन क्षेत्रसँग जोडेर विशाल क्षेत्र बन्ने समेत सम्भावना छ व्यापार पनि विस्तारै विकास हुँदै चार प्रतिशतभन्दा माथि पुगेको छ
यो शिखर सम्मेलन समृिद्ध, स्थायित्व र विकासलाई अगाडि बढाउने लक्ष्य निर्धारण गरेको नेपालमै हुँदैछ र नेपालले विकास, समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोगको ठूलो अपेक्षा गरेको छ यहाँको परिवर्तित राजनीतिक स्थितिमा शक्तिशाली कम्युनिस्ट सरकार भएकोले लगानी जोखिममा पर्नेछन् भन्ने जस्ता गलत प्रचार हुँदैछन् तर नेपाल अधिनायकवादी कम्युनिस्ट मुलुक होइन यहाँको सरकार लोकतान्त्रिक समाजवादी सरकार हो यो निजी क्षेत्र र विदेशी लगानीमा सहकार्य गरेर मुलुकलाई समृद्ध र विकास गर्ने बाटोमा छ खुल्ला नीति लिएको छ, संसदीय सरकार छ र विदेशी लगानीलाई सुरक्षित गर्नेछ भनी विश्व बैङ्ककै सहयोगमा अर्थमन्त्रीले अमेरिकामा प्रष्टीकरण दिएर नेपालमा फर्कनुभएको छ यही सन्दर्भमा पनि बिमस्टेक शिखर सम्मेलनलाई नेपालले आफ्नो उद्देश्य प्रष्ट गर्न र निजी तथा विदेशी लगानीमा सहकार्य गरेर मुलुकको समृद्धि र विकास चाहेको प्रष्ट पार्ने अवसरका रूपमा लिनसक्नुपर्छ
नेपालले बिमस्टेकमा प्राथमिकता दिएर प्रस्तुत गर्नुपर्ने विषयमा ऊर्जा, कनेक्टिभिटी, व्यापार, पर्यटन विकासलाई प्राथमिकता दिएर प्रस्तुत गर्नुपर्छ बङ्गलादेशमा ऊर्जाबारे भएको सम्मेलनले ऊर्जा आदान प्रदान र लगानीका लागि बाटो खोलेको छ नेपालले सडक मार्गबाट बङ्गलादेश, भुटान, बर्मा र थाइल्याण्डसँग जोडिने एसियाली सडक निर्माण गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ अहिले सिक्किमबाट नेपालको उत्तरी क्षेत्रमा जोडिने सडकलाई बर्मा र थाइल्याण्डसँग पनि जोड्नु आवश्यक छ यो क्षेत्रीय सङ्गठनलाई प्रभावकारी र उपलब्धिपूर्ण र परिणामुखी बनाउनका लागि भुटान र सिक्किमसँग जोडिएको डोक्लामसम्म सडक निर्माण गरेर नजिकिएको र ओभिओआर परियोजना अगाडि बढाएको चीनको सहभागिता जुटाउन नेपालको प्रयास हुनु वाञ्छनीय छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds