• १२ वैशाख २०८१, बुधबार

थ्री नेसन्स कप फुटबल : पहिलो हाफमा लाओसविरुद्ध नेपालको अग्रता

blog

गोल गरेपछि नेपालका अनन्त तामाङ । तस्बिर : विकास द्वारे

काठमाडौं,चैत ८ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओसविरुद्ध नेपालले एक गोल गरेको छ। दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको हो। 

नेपालका लागि खेलको ३० औँ मिनेटमा अनन्त तामाङले गोल गर्नुभएको हो। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गर्नुभएको हो। 

नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।