• १२ वैशाख २०८१, बुधबार

राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार राष्ट्रपति कार्यालय महाराजगञ्जमा शिष्टाचार भेट गर्नुहुँदै नेपालका लागि चीनका राजदूत छन् सोङ्‌ । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय

काठमाडौं, चैत ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उहाँहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भेटमा नेपाल र जनवादी गणतन्त्र चीनको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा कुराकानी भएको हो ।