• ८ वैशाख २०८१, शनिबार

असनमा जात्रा (फोटो फिचर)

blog

अशनको ‘द्यःल्वाकेगु’ जात्रामा सहभागी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, चैत ८ गते। असन जात्रा (न्हि जात्रा) बुधबार सम्पन्न भएको छ। पाहाँ चर्‍हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो। 

यो जात्रामा असन चोकमा पहिला पहेँलो टोपीले सजिएको एक समूहले आफ्नो काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन परिसर आइपुगे। असन बजारमा लुँमधी आएपछि जात्राको माहौल बन्न थाल्यो। केही समयपछि निलो टोपी लगाएको समूह बाजागाजाका साथमा त्यही आइपुग्छ।

उनीहरूले बचूँ भद्रकालीलाई लिएर आएका हुन्छन्। बचूँ भद्रकाली र लुँमधी भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कंकेश्वरीको प्रतीक्षा सुरु हुन्छ।

बचूँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रूपमा पाहाँ चर्‍हेको न्हि जात्रा मनाउने गरिन्छ। असनमा प्रतीक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ती प्वा) आदान प्रदान हुन्छ। 

त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ। यो जात्रालाई स्थानीयले ‘द्यःल्वाकेगु’ जात्रा भन्छन्।  




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।