• ६ वैशाख २०८१, बिहिबार

नेप्से परिसूचक १५.७६ अङ्कले गिरावट

blog

फाइल तस्बिर

काठमाडौं, चैत ८ गते। मङ्गलबार २२.६५ अङ्कले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अङ्कले गिरावट आएको छ। 

पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ। उक्त उदारचढावका बीच बुधवार नेप्से परिसूचक  १५.७६ अङ्क घटेर १९३३.२९ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.३२ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स १.१३ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अङ्कले घटेको छ। 

बुधबार कारोबारमा आएका २६६ कम्पनीको ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ। मङ्गलवारको तुलनामा बुधवार कारोबार रकम पनि बढेको छ। मङ्गलबार १ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो। 

बुधवार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त, होटल तथा पर्यटन, विकास बैङ्क, उत्पादन तथा प्रशोधन,जलविद्युत्, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से घटे पनि माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइनन्सको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यता बोटलर्स नेपालको शेयर मूल्य ७.६२ प्रतिशत घटेको छ। बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।