• ८ वैशाख २०८१, शनिबार

ढुङ्गा

blog

मलाई ढुङ्गालाई बेस्मारी

गाली गर्नु मन परेको छ ।

ढुङ्गालाई बेला–बेलामा 

गाली नगरी मेरो चित्त बुझ्दैन

कहिले दिनमा भोक लाग्दैन

रातमा सुत्नु मन लाग्दैन ।

कारण ढुङ्गाले–

कतै मेरो, कतै आफ्नै भागको हरियाली 

किचिमिची पारेको छ

डङ्ग्रङ्ङ पहेँलो पल्टिएको छ

सनातनदेखि काई–झ्याउले पुरिएर

मौन बसेको छ ।

तर त्योभन्दा बढी

ढुङ्गालाई गाली गर्न मन लागेको कारण–

ढुङ्गाभित्र ईश्वर कहलिन पाउने 

अथाह सम्भावना छ

तर उसैलाई थाहा छैन ।

जसलाई आफ्ना बारेमा थाहा छैन

उसलाई गाली नगरेर के गर्ने ? 

इटहरी–२, सुनसरी