काँग्रेस – एमाले मधेसको अस्तित्व स्वीकार्न मानिरहेका छैनन् –अध्यक्ष भण्डारी

जनकपुरधाम, वैशाख ९ गते । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले नेपाली काँग्रेस र नेकपा (एमाले) ले मधेसको मुद्दा र अस्तित्वलाई स्वीकार्न आनाकानी गरिरहेको आरोप लगाउनुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “काँग्रेस–एमाले मधेस र मधेसीको अस्तित्वलाई स्वीकार गर्न चाहँदैनन्, हामी मधेसीको अस्तित्व अस्वीकार गर्ने प्रवृत्तिलाई स्वीकार गर्न सक्दैनौँ ।” काँग्रेस–एमालेका कारण संविधान निर्माण हुन नसकेको उहाँको भनाइ थियो । अध्यक्ष भण्डारीले पूर्वी तराईको तीन र पश्चिम तराईको दुई जिल्लामा विवाद सिर्जना गरेर सङ्घीयतालाई नै असफल बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो । अर्को फरक प्रसङ्गमा अध्यक्ष भण्डारीले तीस दलीय मोर्चामा कुनै विवाद नभएको दाबी गर्नुभयो । मोर्चाले घोषणा गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि केही असन्तुष्टि देखिएपनि मोर्चामा खटपट नभएको प्रष्ट पार्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना