• १२ वैशाख २०८१, बुधबार

'ओएस नेपाल म्युजिक अवार्ड'को चौथो संस्करण

blog

फाइल तस्विर ।

काठमाडौं, चैत ७ गते । ‘ओएस नेपाल म्युजिक अवार्ड’को चौथो संस्करण आयोजना हुने भएको छ । ओएस नेपालले विगत ४ वर्षदेखि नियमित आयोजना गर्दै आएको अवार्डको आवेदन खुल्ला गरिएको हो । 

आयोजकले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुल्ला भएको जानकारी गराएको छ । साङ्गीतिक स्रष्टाहरुको सृजनालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठे लगायत गीत सङ्गीतका ६१ विद्धा समावेश गरिएको छ ।

यस्तै, अवार्डमा २०७८ वैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, सङ्गीतले सहभागिता जनाउन सक्नेछन् । 

ओएस नेपालको कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिने अवार्डको मिति र जुरी केही समयपछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।