• ८ वैशाख २०८१, शनिबार

गजल

blog

जिन्दगीमा निराशाको हाबी भयो प्रिया

त्यो मायामा फेरि कसको दाबी भयो प्रिया ।


झर्किंदैछ आजभोलि कर्णप्रिय तिम्रो बोली

कसको हातमा यो सबैको चाबी भयो प्रिया ।


माया गर्छु भन्दा पनि सोझै बन्दा पनि

किन होला आज शत्रु हाबी भयो प्रिया ।


जे भए नि जिउनै पर्ने मुटु सिउनै पर्ने

जिउने आधार खालि एउटै सराबी भयो प्रिया ।। 

Author

एच के लामिछाने हरिकृष्ण