धादिङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

मुरारी अधिकारी

धादिङ, वैशाख ९ गते । त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडक खण्ड अन्तरगत धादिङको नौविसे स्थित झ्याप्ले खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
काठमाडौँको पशुपतिनाथ दर्शन गरेर भारतको गोखरपुर फर्कदै गरेको न्श् १४ ह् ९९०० नम्वरको भारतीय तीर्थयात्रु बोकेको दुई तले बस सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ पुरुष र २ महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि काठमाडौँका विभिन्न अस्पतालहरुमा पठाइएको छ । घटनास्थलमा अहिले स्थानियबासी र प्रहरीबाट उद्धारकार्य जारी रहेको छ । उद्धारका लागि काठमाडाँैबाट महानगरीय प्रहरी प्रमुख उद्धव बहादुर कार्कीको नेतृत्वमा प्रहरीहरु घटनास्थलमा आइपुगेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना