मानवअधिकार उलङ्घन

नेपालगन्ज, मङ्सिर २४ गते । विगत आठ महिनाको अवधिमा मध्यपश्चिमाञ्चलमा ६०० भन्दा बढी मानवअधिकार उलङ्घनका घटना भएको तथ्याङ्क यहाँ सार्वजनिक गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा गत वैशाखदेखि हालसम्म ६४६ मानवअधिकार हननका घटना भएको उल्लेख छ ।

त्यस अवधिमा सबैभन्दा बढी नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार हनन् भएको प्रकाशित तथ्याङ्कमा उल्लेख गरिएको छ भने सबैभन्दा बढी बाँके जिल्लामा मानवअधिकार उल्लङ्घनका घटना भएको आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेलले बताउनुभयो ।

उहाँका अनुसार, बाँके जिल्लामा ३०६ बर्दियामा ६१, सुर्खेतमा ३१, दैलेखमा २३, जाजरकोटमा ३५, दाङमा ४३, रोल्पामा ३७, रुकुममा २८, सल्यानमा १७, प्युठानमा २१, जुम्लामा १०, हुम्लामा आठ, डोल्पामा १५, मुगुमा २० र कालिकोटमा छ मानवअधिकार उल्लङ्घन भएका छन् ।

सो अवधिमा अधिकांश बलात्कार, कुटपिट, झडप, हत्या, स्वास्थ्यअधिकार, न्याय प्रशासन, बालअधिकार, जेठ नागरिकअधिकार, लुटपाटजस्ता घटना छन् । रासस

यसैगरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मङ्गलबार स्थानीय महेन्द्र रङ्गशालामा खेलिएको बाँके जिल्लाका सञ्चारकर्मी र अधिकारकर्मीबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकियो ।

नेपाल खेलकुद पत्रकार क्लबको आयोजना र स्थानीय विभिन्न मानवअधिकार संस्थाको समन्वयमा भएको सो खेलमा दुवै टिमबाट चार÷चार गोल भएको थियो ।

सञ्चारकर्मीका तर्पmबाट पत्रकार कुमार श्रेष्ठले दुई, नीरज गौतम र भगतराम थारुले एक÷एक तथा अधिकारकर्मीको तर्पmबाट सुमित खड्काले दुई, हेम शाही र वीरबहादुर वलीले एक÷एक गोल गरेका थिए ।

प्रतियोगिता समापन समारोहमा सञ्चारकर्मीका तर्पmबाट नीरज गौतम, अधिकारकर्मी मुरारी खरेल, सानिमा बैंकमा शाखा प्रबन्धक अंकित खनाल, पत्रकार महासङ्घका अध्यक्ष रुद्र सुवेदीले खेलाडीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताका लागि सहयोग पु¥याउने जिल्ला फुटबल सङ्घ, क्षेत्रीय खेलकुद विकास समिति, सानिमा बैंक लिमिटेडलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना