• ८ वैशाख २०८१, शनिबार

बाघको आक्रमणले दुईको मृत्यु

blog

मुकुन्द सुवेदी

बर्दिया, चैत ६ गते । बर्दियाको मधुवन नगरपालिका –५ स्थित चिरौटे सामुदायिक वन क्षेत्रमा पाटे बाघले आक्रमण गर्दा दुई जना महिलाको मृत्यु भएको छ ।

बाघको आक्रमणमा परी मृत्यु हुनेमा मधुवन नपा –५ का ५० बर्षीया धनसरी गुरुङ र ४५ बर्षीया समुन्द्री बुढा रहेको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो । 

खाता जैविक मार्गसँग जोडिएको सो क्षेत्रमा हिजो मात्र घाइते पाटे बाघ देखिएको सूचना दिइएको थियो । केही समय यता बाघको आतङ्क बढेपछि स्थानीय भयभीत भएका छन् ।