विना दाइजो डा.सिह विहे गर्दै

dr.singh
सरोज ढुंगेल
काठमाडौं, वैशाख ८ गते । दाइजो नल्याएको निहँुमा कयौं बुहारीहरुको हत्या भएको छ भने कयौं घरेलु हिंसाको चपेटामा बाच्न बाध्य छन् तर दाइजो नलिई विवाह गर्छु भन्ने एक जना डाक्टरलाई समेत समाजले पागलको संज्ञा दिई समाजबाट बहिस्कार गर्न खोजेको छ ।
बुधबार विवाह गर्न लाग्नुभएका राजविराज मध्येपुरा एकका डा. सिके सिंहलाई विवाह गर्न लाग्दा दाइजो नल्याउने घोषणा गरेको निहुमा राजविराजमा डा. सिंहलाई बहिस्कार गर्न लागिएको हो । समाजले डा. सिंहलाई समाजबाट बहिस्कार मात्र गर्न खोजेको छैन उहाँलाई पागल, बौलाहा, पटाहा र समाज विगाराको आरोप समेत लागेको छ ।
मलाई मेरो गाँउमा बसेर राम्रोसंग जीवनयापन गर्न समेत कठिन हुने देखिएको छ , गोरखापत्रसंगको कुराकानीमा डा. सिंहले भन्नुभयो,“तराइमा दाइजो प्रथाको अन्त्य गर्न र दाइजोलाई तिरस्कृत गर्न खोज्दा मलाई समाजले बहिस्कृत गर्ने भयो ।”
मैले दाइजो नलिई विवाह गर्ने घोषणा गरेकोले मैले मात्र होईन मेरो बुबा, ममी लगायत सम्र्पूण परिवारलाई तनाव उत्पन्न भएको छ , डा. सिंहले भन्नुभयो,“समाजमा सकारात्मक सन्देश दिन खोज्दा समाजले पागल र फटाहाको नाम भिराइदियो ।”
डा. सि के सिह बालविवाह तथा दाइजो उन्मूलन राष्ट्रिय अभियानको सद्भावना दूत समेत हुनुहुन्छ । डा. सिंहले गत असोज महिनामा एक सार्वजनिक कार्यक्रमममा दाइजो अन्त्य र सामाजिक मान्यता परिवर्तनको लागि आफ्नो विवाहमा एक पैसा पनि दाइजो नलिने घोषणा गर्नुभएको थियो । सोही कार्यक्रममा मुख्य सचिव लिलामणि पौड्याल र राष्ट्रिय योजना आयोगकी सदस्य डा. विमला राइले डा. सिंहको दाइजो अन्त्यका लागि हुने विवाहमा सहभागी हुने प्रतिबद्धता जनाउनुभएको थियो ।
आफुले समाजप्रतिको दायित्व पूरा गर्न विना दाइजोको विवाह गर्न लागेको हुँ डा. सि के सिहंले भन्नुभयो,“मधेशी समुदायमा डाक्टर, लेखक, कलाकार र राम्रो छवि भएको व्यक्तिलाई निकै मोटो रकमको दाइजो सजिलै पाउन सक्छन् तर म यो प्रथाको विरुद्धमा छु ।”
दाइजोको रुपमा रहेको कुप्रथा जसले बालिका, महिला लगायत सम्पूर्ण समाजलाई नै हिंसा, गरिबी, अशिक्षा, र अन्यायको दलदलमा धकेलेको तितो यथार्थ तराइमा छ डा. सिंहले भन्नुभयो,“ हरेक युवकले दाइजो अन्त्यको लागि यस्तो साहसी कदम चाल्नुपर्छ भन्ने सन्देश दिन दाइजो नलने घोषणा गरेको हु ।”
समाजबाट पागल र फटाहाको सज्ञा दिदा दुःिखत भएको भन्दै डा. सिंहले दाइजो प्रथा अन्त्यको लागि राज्यबाटै कडा कानुन बनाएर दाइजो दिने र लिने दुवै पक्षलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिनुभयो । म लगायत एकाद व्यक्तिले दाइजो प्रथाको विरुद्ध लाग्दा बौलाहा हुनुप¥यो , डा. सिंहले भन्नुभयो,“मलाई त पागल बनाए बनाए मेरो बुबा, ममी र सम्र्पूण परिवारलाई समेत समाजमा तैलेत कस्तो कुलंगार छोरा पाइछस भन्दै घृणा गर्ने काम भएको छ ।”
डा. सिंह हाल ओम हेल्थ क्याम्पस, मनमोहन, विनायक, नेशनल कलेज अफ हेल्थ साइन्सजस्ता कलेजमा अध्यापन गर्दै आउनुभएको छ । डा. सिंहद्धारा चिकित्सा क्षेत्रका विभिन्न पुस्तकहरु समेत लेख्नुभएको छ ।
डा. सिंहका बुबा तेजश्वीप्रसाद सिंहले छरछिमेक तथा समाजका मान्छेहरुले आफूलाई दाइजो नलिनको लागि यस्तो कुलंगार छोरा जन्माइछस् भन्दै हेप्ने गरेको बताउनुभयो । डाक्टरको लागि त न्यूनतम २० लाखमाथि दाइजो आउने हुँदाहँुदै तेरो छोराले अब समाज विगार्न लाग्यो भन्दै छोरालाई सम्झाउन आग्रह गरेको स्मरण गर्दै डा. सिंहका बुबा तेजस्वीले भन्नुभयो,“छोराले दाइजो नलिने भनेर भन्दा परिवारलाई समेत असर पा¥यो ।”
डा. सिहंले बुधबार जनकपुरकी प्रीति सिंहसित विवाह गर्दै हुनुहुन्छ ।

समाजले यति घृणा गर्दा गर्दै पनि मैले सामाजिक सुधार ऐनले गरेको प्रावधान अनुसारको सिमा भित्र रहेर सिमित जन्तीहरु लिएर विवाह गर्ने योजना बनाएको छु डा. सिहंले भन्नुभयो,“दाइजो विनाको विवाह गर्न पनि निकै कठिनाईको सामाना गर्दा धेरै कष्ट भोग्नुप¥यो ।”
बाल विवाह एवम दाइजो प्रथा उन्मूलन राष्ट्रिय अभियान, नेपालको सदस्य देवेन्द्रराज सिंहले गांउका मान्छेहरु, छरछिमेक र नातेदारहरुले पनि डा. सिहले समाजको मजाक उडाउन दाइजो नलिएको भन्ने आरोप लगेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना