महेश बस्नेतलाई विदाई

MAHESH-BASNET1काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि पार्टीको विचार, विधान र नेतृत्व मान्नुपर्ने बताउनुभएको छ ।

युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘स्वागत तथा विदाई’ कार्यक्रममा उहाँले पार्टीको नवौँ महाधिवेशनले पारित गरेको विधानलाई सबैले मान्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “पार्टीलाई एकताबद्ध बनाएर लैजाने तीन आधारमा पार्टीको विचार, सिद्धान्त र नेतृत्व हो, त्यसलाई ध्यानमा राखेर संस्थागत ढङ्गले सबै चल्नुपर्ने जरुरी छ ।”

महाधिवेशनले पारित गरेका कतिपय कुराहरु चित्त नबुझे पनि संस्थागत निर्णय भएको हुनाले त्यसलाई मान्नुपर्र्नेमा आवश्यकता औल्याउँदै उहाँले पार्टीका सम्पूर्ण समस्याहरु आन्तारिक रुपमै सुल्झाउनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले संविधान लेखनका विषयमा सहमति भएका कुराहरु मस्यौदाका रुपमा बाहिर ल्याउने र बाँकी विवादित विषयमा एमाओवादीसँग समेत सहमतिको प्रयास भइरहेको छ भन्नुभयो ।

उहाँले सहमतिबाटै संविधान जारी गर्नुपर्ने गर्नका लागि जतिसक्दो छिटो सहमति गर्न प्रयास जारी रहेको जानकारी दिनुभयो ।

उद्योग मन्त्री महेश बस्नेतले सहमतिबाटै संविधान ल्याउनुपर्ने तर सहमतिका नाममा समय बर्बाद नगरी छिटो सहमतिको विन्दु खोज्नुपर्नेमा विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले सङ्घका पूर्व अध्यक्ष बस्नेत र उपाध्यक्ष झपड रावललाई विदाई तथा सङ्घको इन्र्जाच तथा केन्द्रीय सदस्य शेरधन राई र सह–इन्चार्ज तथा केन्द्रीय सदस्य निरु पाललाई स्वागत गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना