• १३ वैशाख २०८१, बिहिबार

‘सजिवन’ मासुभन्दा महँगो

blog

राजविराज – ३ स्थित रुखमा लटरम्म फलेको सजिवन । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) चैत २ गते । अन्य तरकारी खेतीभन्दा सजिवन उत्पादन गर्न सहज र सस्तो भए पनि यसको मूल्य भने मासुभन्दा पनि महँगो हुनेगरेको उपभोक्राहरुको भनाइ छ । तराई–मधेसका ग्रामीण भेगमा सजिवनजस्तो उपयोगी र फाइदाकारी तरकारी अहिले पनि किनेर भन्दा मागेरै खाने प्रचलन रहेको स्थानीयले बताएका छन् ।

नेपाली नयाँ वर्ष वैशाख १ गतेको अवसरमा मनाइने सिरुवा पर्वमा अनिवार्य रूपमा पकाउने सब्जीमध्ये सजिबन एक मानिन्छ । अहिले नै महँगोमा सजिबन किनेर खानुभन्दा वैशाख तिरै पर्वको बेला छिमेकी वा गाउँलेबाट मागेरै काम चलाउने गरेको महदेवा – ४ कि मीना साहले बताउनुभयो । 

खड्क नगरपालिका – ४ का ८५ वर्षीया कुसमीदेवीले भन्नुभयो, “हाम्रो जमानामा त छिमेकी बारीमा घुम्दाघुम्दै एकमुठी सजिवन मागेर टिपेर ल्याएर तरकारी पकाउने चलन थियो । तर आजभोलि त्यही सजिवन हटिया बजारमा महँगोमा बिक्री भएको हेर्दा अचम्म मान्नुहुन्छ ।” किसानलाई यसको फाइदाबारे जानकारी नभएर आफू खानुभन्दा धेरै महँगो मूल्य पाउने भएको तरकारी सजिबन भएकाले बेचेर पैसा आम्दानी गर्न विष्णुपुर –१ का निम्नवर्गीय किसान रामनाथ महतो राजविराजको हटियामा प्रतिकेजी तीन सयदेखि चार सयको दरले बेच्दै आएको बताउनुभयो ।

यतिबेला तराईतिर छ्यापछ्याप्ती पाइने सजिबन महँगाइकै कारण सामान्य वा मध्यमवर्गीय परिवारको भान्सामा पकाउन मुस्किल भएको छ । सजिबन सिजनमा सजिलै पाइयो भन्ने फागुन–जेठसम्म बेचेर तरकारी व्यवसायमा भएको वर्षभरिको घाटालाई समाधान गर्ने गरेको हटियामा तरकारी व्यवसायी रुवेदा खातुनले बताउनुभयो । 

यसमा किरा लाग्नुभन्दा अगाडिसम्म कुनै प्रकारको औषधि वा मलखाद हाल्नु पर्दैन । एक पटक रोपेपछि बिना कुनै खर्च वर्षौंवर्ष फल दिनेगरेको उहाँको भनाइ छ ।  राजविराज – ८ का कृषिबिज्ञ डाक्टर देवनाथ यादवले बताउनुभयो । दिनानुदिन सजिबन उत्पादन बढ्दै गए पनि यसको उपयोगिता र फाइदा समेत बढ्दै गएर यसको मूल्यमा ह्रास नआएको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्रप्रसाद यादवले बताउनुभयो । 

नेपालमा सहजै पाइने सजिवन अत्यन्त लाभदायक सब्जी हो । पहिला पहिला वसन्त ऋतुमा बालुवा लिएर शिशिर ऋतुमा फल्ने सजीवन मौसमी तरकारी मानिन्थ्यो । अहिले आएर बाह्रमासे सजिवनको खेती गर्नेहरू बढ्दैगएका छन् उहाँले भन्नुभयो । अहिले सप्तरीको राजविराजजस्तो बजार एरियामा थोरै जग्गा भए पनि घरैपिच्छे एउटा दुइटा बोट लगाएर सजिबन फलाउने गरेको स्थानीयको भनाइ छ ।   

सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने पछिल्ला समय यसको उपयोगिता बुझेर नेपालको मधेश–तराई भूभागमा यसको खेती व्यापक गर्न थालिएको जानकारहरू बताउँछन् । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ।

आयुर्वेदमा सजिवनको प्रयोगले तीन सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ। सजिवनको फूल, फल, डाँठ, कोसा र पात पोषक मानिन्छ आयुर्वेद अस्पताल प्रादेशिक आयुर्वेद अस्पताल राजविराजका अध्यक्ष डाक्टर शिवशङ्कर यादवले बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठनको रिर्पोट हेर्दा कयौँ देशमा कुपोषण पीडितहरूलाई आहारको रूपमा सजीवन प्रयोग गर्न डाक्टरले नै सल्लाह दिनेगरेकाले पनि महँगो भएको पोषणगृहका कार्यालय प्रमुख रश्मि झाले बताउनुभयो ।