बेलायती महारानीलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, वैशाख ८ गते । राष्ट्रपति डा रामवरण यादवले संयुक्त अधिराज्य तथा उत्तरी आयरल्यान्डका महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाई उहाँको व्यक्तिगत सुख र सुस्वास्थ्यको कामना गर्नुभएको छ । महारानीको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा राष्ट्रपति डा यादवले बेलायती जनताको प्रगति र समृद्धिको पनि कामना गर्नुभएको छ । त्यसैगरी, प्रधानमन्त्री सुशील कोइरालाले नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती महारानीको सुख र सुस्वास्थ्यको कामना गर्दै प्रधानमन्त्री डेविड क्यामरनलाई एक शुभकामना सन्देश पठाउनुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले दुई मुलुक र जनताबीच लामो समयदेखि रहिआएको सौहार्द र मैत्रीपूर्ण सम्बन्ध आगामी दिन अरु प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना