वसन्त बहारमा पर्यटक आकर्षित

salleriसल्लेरी  । सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्रमा बाह्य पर्यटकको गन्तव्य हुन्छ । तर खुम्बु क्षेत्र घुम्नु सोलुखुम्बुको तल्लो क्षेत्रका धेरैजसो बासिन्दाहरुको पहुँचभन्दा टाढाको विषय बनेको बेलामा तल्लो क्षेत्रका स्थानीयको पहुचमा रहेको बागवानी केन्द्र फाप्लुमा भने घुम्न जानेको सँख्या दैनिक २० देखि ३० सम्म बाह्रै महिना हुने गर्दछ । तर अहिलेको समयमा पर्यप्त मात्रा फुल फुल्न थालेपछि घुम्न आउनेको सँख्य ह्वात्तै बढेर दैनिक १ सयको हाराहारीमा पुगेको बागवानी केन्द्रका निमित्त प्रमुख पवन कुमार मण्डलले बताउनु भयो ।
केन्द्रमा मनै भुलाउने गरी फूलेका रङ्गीविरङ्गी फूल, विभिन्न आकृतिमा कटिङ गरी सजाईएका बृक्ष र मनोरम् बातावरणका कारण अझ पछिल्लो समयमा जिल्ला बागवाणी केन्द्र सोलुखुम्बु डेटिङ स्थलको रुपमा परिणत हुन थालेको छ ।
खासगरी फोटो खिच्न तथा घुम्ने चाहनाले आएका युवायुवती दिनहुँ सयकै हाराहारीमा हुन्छ । ‘फोटो खिच्नका लागि जोडी जोडी बाँधिएर आउँछन्, मयुरपंखीको फेद, स्याउको बगान, फूलबारी जताततै तरुनतरुनीहरु नै हुन्छन्’ निमित्त प्रमुख मण्डलले भन्नु भयो ।
सोलुखुम्बुको तल्लो भेगमा यसरी घुम्ने र फोटो खिच्ने ठाउँ कतै नभएकाले आफूहरु बागवाणीमै जानुपरेको बागवाणी घुम्न जानेहरु बताउँछन् । यहाँ डाँडाकाडा, नाङ्गी पाखाहरु भएपनि मानव निर्मित पार्कको अभावमा आफूहरु बागवाणी केन्द्र जानुपरेको सल्लेरी बहुमुखी क्याम्पसमा अध्ययनरत शिलादेवि राईले बताउनु भयो ।
३ सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्र समुन्द्र सतहदेखि करीब २ हजार ३ सय ९६ मिटरको उचाइमा पर्दछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना