यात्रुबाहक बस दुर्घटना तीनजनाको मृत्यु १६ घाईते

शिवशंङ्कर मिश्र

कलैया ( बारा ) बैशाख ८ गते । पुर्ब पश्चिम महेन्द्रराजमार्गको पसाहा पुल नजिकैको सडकखण्डमा मंगलवार बिहान यात्रुबाहक बस पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, १६ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भिर रहेको छ ।
गढीमाई नगरपालीका–१६ स्थित पसाह खोला नजिकैको सहजनाथ मन्दिर अगाडीको सडक खण्डमा काठमाण्डौबाट मलंगवातर्फ गर्ईरहेको ना ४ ख ४५१६ नम्बरको एन्जल ट्राभल्स अचानक पल्टिदा सो दुर्घटना भएको मध्यमाञ्चल क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
बस दुर्घटनामा परी सर्लाही पुनर्बास गाविस निवासी २२ बर्षिय लक्ष्मी पासवान र सर्लाहीकै ब्रम्हपुरी गाबिस निबासी ५० बर्षिय अकुलु गिरी र निजकी श्रीमती ४० बर्षिया भवानी गिरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी सहायक निरीक्षक रामहरीराज भण्डारीले बताउनुभयो । मृतकको शव पोष्टमार्टमकालागी नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनाको सिमरा अस्पताल र अन्य १० जनाको बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । बसका चालक निदाएको कारण दुर्घटना भएको बसमा सवार घाईते यात्रुहरुले बताएका छन् । दुर्घटनापछि अबरुद्ध भएको राजमार्ग बस उठाएपछि बिहान ९ बजेबाट सुचारु भएको र बसका चालक भने फरार रहेको बारा प्रहरीले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना