माघ–८ मा लोकतान्त्रिक संविधान

Ramchandra-paudel1अमरराज नहर्की तनहुँ , मंसिर २३ गते । नेपाली काँग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले माघ ८ मा लोकत्रान्त्रिक संविधान जारी हुने बताउनु भएको छ ।
तनहुँको केशवटार ७ मा लिफ्ट प्रविधिको डुम्रेवेशी खानेपानी तथा सरसफाई आयोजनाको सोमबार उद्घाटन गर्दै उपसभापति पौडेलले सो कुरा बताउनु भएको हो ।
लोकतान्त्रिक पक्ष धर नेपाली काँग्रेस र एमालेको पक्षमा जनताले लगभग दुई तिहाई मत दिएकाले लोकतान्त्रिक संविधान नै जारी हुने उहाँको भनाई रहेको थियो । जन आदेशलाई कसैले हल्लाउन नसक्ने बताउँदै पौडेलले लोकतान्त्रिक संविधान सबैले स्विकार गर्नु पर्नेमा जोड दिनु भयो । माओवादी , मधेसवादी र विपक्षसँग छलफल अघि बढिरहेको र सहमती हुन नसके प्रक्रियागत रुपमा दुई तिहाई बहुमतका आधारमा संविधान जारी हुने पौडेलले बताउनु भयो । जातिय राज्य र धेरै प्रदेश मुलुकले धान्न नसक्ने बताउँदै पौडेलले एमाओवादीले अघि सारेको एजेन्डा अनुसारका संविधान जारी गर्न नहुने पौडेलको धारणा थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद शङ्कर भण्डारीले माघ ८ मै संविधान जारी गर्नु पर्ने बताउनु भयो । दलहरुले प्रतिबद्वता गरेको समयमा नै संविधान जारी गर्न सदनमा दबाब दिने भण्डारीले प्रतिबद्वता व्यक्त गर्नु भएको थियो । खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका सभासद् झुलबहादुर आले , तनहुँका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ लगायतले विकासको लागि एक जुट हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाल सरकारको ३८ लाख ८७ हजार र उपभोक्तबाट ९ लाख २७ हजार गरी ४८ लाख १४ हजारमा रुपैयाँमा बनाईएको यो खानेपानी योजनाको निमार्णले ७२ घरधुरीका ५ सय ५४ जना लाभान्वित भएको छन् । वेशीको पानीलाई विजुलीको सहायतामा लिफ्ट प्रविधीबाट दुई किलो मिटर माथी लगेर निमार्ण गरिएको यो आयोजनाले गर्दा समय र श्रमको बचत भएको छ । यसले गर्दा बालबच्चाको पढाईमा पनि सुधार हुन पुगेको उपभोक्ता समितिको छ । खानेपानीले पर्यटन विकासको पुर्वाधार पनि खडा भएको कार्यक्रममा बताईएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना