• १२ वैशाख २०८१, बुधबार

पाथीभरा याङ्वरकद्वारा कर्मचारी र किसान सम्मानित

blog

किसानलाई सम्मान गर्नुहुँदै पालिका अध्यक्ष केशरकुमार सुब्बालगायत ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट कर्मचारी र किसानलाई  सम्मान गरेको छ । पालिकाको छैटौँ स्थापना दिवसको अवसरमा गाउँपालिकाले दुई कर्मचारी र चारजना किसानलाई नगदसहित सम्मान गरेको हो । 

सम्मानित हुने कर्मचारीमा शम्भुप्रसाद श्रेष्ठ र नारायण पौडेल रहनुभएको छ । श्रेष्ठलाई ५० र पौडेललाई ३० हजार रुपियाँ नगदसहित कदरपत्रद्वारा सम्मान गरेको गाउँपालिकाले जनाएको छ । यस्तै व्यावसायिक किसानको परिचय बनाउन सफल चार जना किसानलाई ५० हजार रुपियाँ दरले नगद प्रदान गरी सम्मान गरिएको छ । 

गाउँपालिकाद्वारा सम्मानित हुने किसानमा वडा १ नाङ्खोल्याङका सन्तोष खिम्दिङ र सन्तोष तामाङ, वडा ३ तिरिङ्गेका श्रीप्रसाद इजम र वडा ६ थुम्बेदिनका गणेश घिमिरे रहनुभएको छ । गाउँपालिकाका किसानलाई कृषिमा केन्द्रित गराउने साथै उनीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले व्यावसायिक कृषिकर्म गर्दै आएका किसानलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो ।