• ७ वैशाख २०८१, शुक्रबार

जुम्लामा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

blog

नेत्र शाही

जुम्ला, फागुन २८ गते । जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २३ वर्षीया ममता नेपालीलाई कुटपिट गरेर मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार श्रीमानले कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको बताउनुभयो । 

उहाँका अनुसार मृतकको शव कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको छ । अहिले सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताउनुभयो । ’प्रारम्भिक बयानमा श्रीमानले कुटपिट गर्दा बेहोस ममता भएको बताइको छ । बेहोस भएपछि घरमा सुताएको त्यसपछि मृत्यु भएको छ । 

घटना थाहा पाएपछि प्रहरी शनिवार घटनास्थलमा पुगेको थियाे । शवको प्रकृति हेर्दा ५,६ दिन अघिदेखि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ । प्रहरीका अनुसार ‘शव कुहिसकेको देखिन्छ ।