• १२ वैशाख २०८१, बुधबार

उपाधि दौड बलियो बनाउँदै पीएसजी

blog

गोल गरेपछि खुसी मनाउँदै लियोनल मेस्सी र केलियन एमबाप्पे। तस्बिर : एएफपी

काठमाडौं, फागुन २८ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा उपाधि दौड बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई उसैको मैदानमा २-१ गोलले हरायो ।

पीएसजीको जितमा कार्लोस सोलेर र केलियन एमबाप्पेले गोल गर्नुभयो । ब्रेस्टका फ्रान्क होनोरतले एक गोल फर्काउनुभयो । कार्लोसले ३७औं मिनेटमा गोल गर्दै पीएसजीको उत्साह जगाउनुभएको थियो ।

त्यसपछि ४३औं मिनेटमा ब्रेस्टका फ्रान्कले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । तर दोस्रो हाफको इन्जुरी समयमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई महत्वपूर्ण जित दिलाउनुभयो ।

जितसँगै शीर्षटोली पीएसजीले २७ खेलबाट ६६ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको २६ खेलबाट ५५ अङ्क छ । पीएसजीसँग पराजित ब्रेस्ट २३ अङ्कसहित १५औं स्थानमा छ । एजेन्सी