• ८ वैशाख २०८१, शनिबार

दोलखामा पहिलो पटक खुट्टाको सफल शल्यक्रिया

blog

जिल्लामै पहिलो पटक नली खुट्टाको सफल शल्यक्रियापछि आङगोरे शेर्पा । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, फागुन २८ गते । जिल्लामै पहिलो पटक नली खुट्टाको सफल शल्यक्रिया सम्पन्न भएको छ । यस्ता जटिल खाले शल्यक्रिया यहीँ हुन थालेपछि स्थानीयलाई सुविधा भएको छ । 

मोटर साइकल दुर्घटनामा परी घाइते भएका गौरीशङ्कर गाउँपालिकाका आङगोरे शेर्पाको च्छोरोल्पा जनरल अस्पताल प्रालिमा सफल शल्यक्रिया भएको हो । वीर अस्पतालको हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको संलग्नतामा शल्यक्रिया गरिएको मेडिकल डाइरेक्टर डा.विनोद दङगालले जानकारी दिनुभयो । 

उहाँका अनुसार देब्रे नली खुट्टा पूर्ण रुपमा भाँचिएकाले टाइट नियम प्लेटद्वारा शल्यक्रिया गरिएको हो । उपचारका लागि सिँगटीबाट काठमाडौँ रेफर गरिएको भए पनि च्छो–रोल्पा जनरल अस्पतालमै शल्यक्रिया सहितको उपचार भएको हो । 

यहीँ उपचार पाएर आङगोरे शेर्पा खुशी हुनुहुन्छ । उहाँले खुसी प्रकट गर्दै भन्नु भयो, खर्चको हिसाबले धेरै सस्तो र राम्रो सेवा पाएँ । काठमाडौँ जान समय लाग्थ्यो, खर्च पनि धेरै लाग्थ्यो । हामी जस्ता गरिबका लागि जिल्लामै यस्तो सुविधाले निरन्तरता पाउन सके सबैले उपचारका लागि काठमाडाै जान पर्दैनथ्यो । 

स्थानीयलाई सहज तथा सरल ढङ्गबाट अस्पतालले हाड जोर्नी सहितको विभिन्न विशेषज्ञ रोगको  शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।