संविधान निर्माण कार्य छिट्टै टुंगोमा पुग्ने

Gagan thapaबाँके, बैशाख ७ गते । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले संविधान निर्माण कार्यले छिट्टै पुर्णता पाउने बताउनुभएको छ । छिटो भन्दा छिटो संविधान निर्माणका लागि सबै पक्ष लागिरहेको अवस्था छ , सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा संचालित सूचना अधिकार केन्द्रको सोमबार नेपालगन्जमा निरिक्षणपछि आयोजित कार्यक्रममा सभाषद थापाले भन्नुभयो,–संविधान निर्माण कार्य छिट्टै टुङ्गोमा पुग्छ । 

सभाषद थापाले सूचनाको हकलाई राजनीतिक दलहरुले सर्वप्रथम कार्यान्वयन गर्न आवश्यक भएकोमा जोड दिनुभयो । राजनीतिक दलले सूचनाको हकको कार्यान्वयन गरेमा यसको प्रयोगले जवाफदेहिता र पारदर्शिता कायम गर्ने उहाँको बिश्वास छ । सूचनाको हकका अभियन्ताहरुलाई राजनीतिमा प्रवेश गर्न उहाँले सुझाव समेत दिनुभयो । भारतमा सूचनाको हकका अभियन्ताहरु नै राजनितिमा प्रबेश गरेकाले नेपालमा पनि यसको अनुसरण गर्नुपर्ने सभाषद थापाले बताउनुभयो । उहाँले संबिधान सभामा सूचनाको हक पुर्ण रुपमा कार्यन्वयन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
युवा नेता थापाले संबिधान सभाका सदस्यहरुलाई सूचनाको हकका विषयमा जानकारी गराई विकास निर्माणको काममा जवाफदेहिता र पारदर्शिता कायम गराउन सकिनेमा जोड दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना