उपत्यकामा टिप्पर चलाउन रोक

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । गृहमन्त्रालयले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा विहान ५ वजेदेखि साँझ ८ वजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ । टिप्परको ठक्करबाट प्रत्येक हप्ता सर्वसाधारणले अकालमा ज्यान गुमाउन थालेपछि यस्तो नियम लगाइएको जानकारी मन्त्रालयले दिएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्रचार गरी उपत्यकाभित्र विहान ५ बजेदेखि साँझ ८ वजेसम्म टिप्पर सञ्चालनमा रोक लगाउन निर्देशन दिनु भएको हो ।
काठमाडौंको कपन–साँखु र अरनिको राजमार्ग अन्तरगत भक्तपुर–काठमाडौंँ सडकमार्गमा टिप्परको ठक्करबाट सर्वसाधारण बटुवा र स्कुटर चालकको मृत्यु हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकामा प्रत्येक हप्ता टिप्परको ठक्करबाट एकजनाले ज्यान गुमाउने गरेको पाइएको छ ।
यसैबीच, गृहमन्त्री थापाले यातायात क्षेत्रमा सिन्डिकेट फर्किने सम्भावना अव नरहेको स्पष्ट पार्नुभएको छ । गोंगबुमा नयाँबसपार्क बुधवार आयोजित ‘यातायक्षेत्रको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सिण्डिकेट फर्काउने प्रयास पुरा नहुने बताउनु भएको हो ।
‘अहिले पनि केही कतिपय व्यवसायीको मात्रै यातायातक्षेत्रमा एकाधिकार हुने हो भने, यो क्षेत्रमा लगानी गर्न आउने व्यवसायीको बाटो रोकिन्छ,’ उहाँले भन्नुभयो,‘ कही कतैबाट सिन्डिकेटलाई फर्काउने षड्यन्त्र हुन्छ भने सबै सचेत जागरुप हुनुपर्छ ।’

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds