• ६ वैशाख २०८१, बिहिबार

युएईलाई पीएनजीको प्रतिस्पर्धात्मक लक्ष्य

blog

युएईविरुद्ध ब्याटिङ गर्दै पीएनजीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, फागुन २६ गते । आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि दुई सय ४७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा र्नौ विकेटको क्षतिमा दुई सय ४६ रन बनाएको छ । पिएनजीका लागि सेसे बाउले अविजित ८१ रन बनाउनुभयो ।

ओपनर हिरि हिरले ७७ रन बनाउनुभयो । यस्तै किप्लीन डोरिगाले ५५ रन बनाउनुभयो । चाद सोपर र नोर्मान भानुवाले समान १०/१० रनब नाउनुभयो । बलिङमा युर्एइका आयान खानले तीन विकेट लिनुभयो ।

जुनेद सिद्धिकी र जाहोर खानले दुई दुई तथा कार्तिक मैयापन र रोहन मुस्ताफाले एक एक विकेट झार्नुभयो । सात देश सहभागी यस लिगमा युएई ३२ खेलबाट ३१ अङ्क जोड्दै छैटौं स्थानमा छ । पीएनजी नौ अङ्कसहित तालिकाको अन्तिममा छ ।