पाँचजना इन्जिनियर अख्तियारको फन्दामा

jaial

गोरखापत्र समाचारदाता-
काठमाडौँ, असार २७ गते । पछिल्लो एक सातामा पाँच वना इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । सेवाग्राहीसँग विभिन्न बहानामा घुस लिएको अभियोगमा एक सातामा पाँच जना इन्जिनियरलाई घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । आर्थिक वर्षको अन्तिम महिनामा प्राविधिक मूल्याङ्कनलगायतमा हुने आर्थिक अनियमितताको अभियोगमा अख्तियारले निगरानी पनि बढाएको छ ।
अख्तियारले मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर लोकेन्द्र थापालाई पक्राउ ग¥यो । आयोगको केन्द्रीय कार्यालयको विशेष टोलीले थापालाई पाँच लाख रुपियाँ घुससहित रातो भाले रेष्टुरेन्ट समाखुशीबाट पक्राउ गरेको हो । थापामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यस्तै असार १९ गते अख्तियारको कोहलपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले बैजनाथ गाउँपालिका बाँकेमा कार्यरत इन्जिनियर मजिद खानलाई घुससहति पक्राउ गरेको हो । अख्तियारको टोलीले खानलाई २५ हजार घुससहति पक्राउ गरेको हो ।
यस्तै असार २२ गते अख्तियार केन्द्रको टोलीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार रुपियाँ रकमसहित धुलिखेलको कफी सपबाट पक्राउ गरेको हो । सेवाग्राहीसँग लिएको घुस रकमसहित खनाललाई नियन्त्रणमा लिइएको छ । सोही दिन अख्तियारको टोलीले जिल्ला प्राविधिक कार्यालय रौतहत गौरका इन्जिनियर अजय ठाकुरलाई सेवाग्राहीसँग लिएको ४५ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।
अख्तियारले असार २५ गते जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख इन्जिनियर अन्जयकुमार देवलाई पनि पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रकमसहित देवलाई कार्यालयको कक्षबाटै पक्राउ गरिएको हो । अख्तियारको सुर्खेतस्थित क्षेत्रीय कार्यालयको टोलीले उनलाई ८० हजार रुपियाँ घुससहति पक्राउ गरेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds