‘कृति र दृष्टि’ बजारमा

गोरखापत्र समाचारदाता-
कीर्तिपुर, असार २७ गते । प्राडा चन्द्रमान बज्राचार्यको समालोचनात्मक पुस्तक ‘कृति र दृष्टि’ बजारमा आएको छ ।
नेपालभाषा केन्द्रीय विभागका पूर्वप्रमुख रहनुभएका बज्राचार्यले नेपालमा ब्याप्त विसङ्गति, विकृतिलाई उजागर गर्दै उक्त पुस्तक लेख्नुभएको हो ।

books_1
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, नेपालभाषा एकेडेमीका उपकुलपति यज्ञरत्न धाख्वाः, नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. ओमकारेश्वर श्रेष्ठलगायतले उक्त संयुक्त रुपमा हालै पुस्तक विमोचन गर्नुभएको थियो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नेपाली समाजका नराम्रा पक्षलाई उजागर गर्दै सही दिशा दिने काममा पुस्तक सार्थकसिद्ध हुने विश्वास ब्यक्त गर्नुभयो ।
पुस्तकबारे धारणा राख्दै नेपालभाषा एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरले मल्लकालमा विकास भएको नाटक अहिले लोप हुनबाट बचाउन आग्रह गर्नुभयो ।
नेपालभाषा केन्द्रीय विभागका पूर्वप्रमुख प्रेमशान्ति तुलाधर, एकेडेमीका उपकुलपति यज्ञरत्न धाख्वाःले पुस्तकबारे टिप्पणी गर्नुभयो ।
लहना मिडियाद्वारा विमोचित पुस्तकलाई अर्विन्द्रमान सिंहले प्रकाशन गर्नुभएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds