• १६ चैत २०८०, शुक्रबार

चार देशको बैठकको इरानद्वारा स्वागत

blog

दमास्कस, फागुन २६ गते । इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीको सो संयुक्त बैठकको स्वागत गर्नुभएको हो ।

यी चार देशका उपविदेशमन्त्रीको बैठक आगामी हप्ता रुसको राजधानी मस्कोमा आयोजना गरिएको छ । सो बैठकमा खासगरी क्षेत्रीय सुरक्षा र विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुने बताइएको छ ।

रुस र युक्रेनका बीचमा जारी युद्ध र यसका कारण सो क्षेत्रमा उत्पन्न भएको परिस्थितिका बारेमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्रीले सो बैठक मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका बारेमा पनि छलफल हुने भन्दै त्यसको स्वागत गर्नुभएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा