• १२ वैशाख २०८१, बुधबार

श्री एयरलाइन्सको उडान ठप्प

blog

बिहीबार काठमाडौँबाट भैरहवा उडेको भर्ने क्रममा इन्जिनमा आगो लागेको नाइन एन एएनआर जहाज । तस्बिर: गोरखापत्र

काठमाडौँ, फागुन २६ गते । श्री एयरलाइन्सको उडान आज (शुक्रवार) ठप्प भएको छ । बिहीबार काठमाडौँबाट भैरहवा उडेको भर्ने क्रममा इन्जिनमा आगो लागेपछि नागरिक उड्डयन प्राधिकरणले तत्काल छानबिनको प्रतिवेदन नआएसम्म उडान नगर्न निर्देशन दिएको हो । 

एयरलाइन्सको नाइन एन एएनआर जहाजले उडान गरेकै समयमा इन्जिनमा आगो लागेपछि प्राधिकरणले छानबिन सुरु गरेको छ । तत्काल छानबिनको प्रतिवेदन नआएसम्मका लागि उडान नगर्न निर्देशन दिएपछि उडान रोकेको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो । आगो लगेपछि जहाज तत्कालै सुरक्षित रूपमा काठमाडौँमै अवतरण गरिएको थियो । मानन्धरका अनुसार आजबाटै उडान सुरु हुनसक्ने बताउनुभयो । 

उडान भरेका जहाजको इन्जिनमा समस्या हुनु ठूलो विषय भएको भन्दै प्राधिकरणले गम्भीर विषय मानेर छानबिन सुरु गरेको जनाएको छ ।