प्रदेशको सङ्ख्यामा घटबढ हुनसक्ने सचिव पोखरेलको भनाइ

Girirajmani pokhrelविराटनगर, मङ्सिर २३ गते । एकीकृत नेकपा माओवादीका सचिव गिरिराजमणि पोखरेलले सहमतिको संविधान जारी गर्न नेपाली काँगे्रस र नेकपा एमालेले अघिसारेको सात तथा आफूहरुले भनेको १० प्रदेश सङ्ख्यामा घटबढ गर्नुपर्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ मोरङको आयोजनामा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले राज्य पुनःसंरचना तथा प्रदेश सङ्ख्यामा अधिकतम लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

सचिव पोखरेलले सरकार परिवर्तन गर्नेभन्दा पनि प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमै दलहरुको सहमतिमा संविधान बन्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले एमाओवादी नेतृत्वको गठबन्धन मोर्चामा रहेका दलहरुलाई फुटाएर सत्ताको खेलमा लागे फेरि पनि संविधान नबन्ने दाबी गर्नुभयो ।

सचिव पोखरेलले दलहरुबीच अधिकतम सहमति कायम गरी जारी गरिएमा मात्र त्यस्तो संविधान दिगो हुने उल्लेख गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना