• १३ वैशाख २०८१, बिहिबार

प्रदेश सभा बैठक अनिश्चित

blog

कर्णाली प्रदेश सभा भवन

नवीन सुवेदी

सुर्खेत, फागुन २६ गते । लामो समयदेखि बैठक सञ्चालन हुन नसक्दा कर्णाली प्रदेशसभा बिजनेसविहीन बनेको छ ।  माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि स्थगित भएको बैठक त्यसयता बस्न सकेको छैन । राजनीतिक अन्योलका कारण प्रदेशसभा आफ्नै तरिकाले अघि बढ्न सकेको छैन । प्रदेशसभाले सभामुख र उपसभामुख चयनबाहेक अन्य काम गर्न नसकेको पनि तीन महिना बिताएको सकेको छ । प्रदेशसभामा सांसदहरू आएको तीन महिना र सभामुख निर्वाचित भएको दुई महिना बितिसक्यो । तर, विषयगत समिति बन्ने निश्चित छैन । 

प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ संसदीय समिति छन् । उक्त समितिले अहिलेसम्म पूर्णता पाएको छैन ।   प्रदेशसभा बैठक नहुँदा सांसदहरू फुर्सदिला बनेका छन् भने, कतिपय सांसदहरू पार्टीको काममा जिल्ला दौडाहा छन् । पुस १८ गते पहिलो बैठक बसको थियो । त्यस अवधिमा सभामुख र उपसभामुख निर्वाचन गरेको प्रदेश सभाले अन्य कामकारबाही अघि बढाउन सकको छैन । प्रदेश सभाका विषयगत चार समिति अझै गठन भएका छैनन् । सदन लामो समय स्थगित हुँदा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या सुन्ने समय, विषय समयमार्फत सरकारको ध्यानाकर्षण गराउन पाएका छैनन् ।

निर्वाचित हुँदा जुन उत्साह बोकेर आएका थियौँ, सरकार र सांसदका गतिविधिले दुःखी बनाएको छ, प्रदेश सभा सांसद घनश्याम भण्डारी भन्नुभयो, ‘हामी निर्वाचित भएर आएको लामो समय भइसक्यो, आवश्यक कानुनहरू बन्न सकेका छैनन् । जसले प्रदेश सरकारका काम लथालिङ्ग छन् । सरकारले बिजनेस दिन सकेकोमा गुनासो व्यक्त गर्नुभयो । यता प्रदेशसभा सचिव जीवराज बुढाथोकीले उपराष्ट्रपति चुनावपछि प्रदेशसभा बैठक बस्ने सक्ने बताउनुभयो । सदन सञ्चालनका लागि सरकारले बिजनेस नदिएकाले बैठक बस्न नसकेको प्रदेश सभाले जनाएको छ ।