मदन पुरस्कारका लागि आठ पुस्तक छनोट


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २७ गते । मदन पुरस्कार गुठीले यस वर्षको ‘श्रेष्ठ पुस्तक–२०७४’ का लागि आठ पुस्तकको अन्तिम सूची सार्वजनिक गरेको छ । गुठीले विज्ञप्ति जारी गरी ‘कैरन’ (धुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’) सार्वजनिक गरिएको हो ।
यी पुस्तक २५३ वटाबाट छानिएको गुठीले जनाएको छ । आठ वटा पुस्तकको सिफारिसमा नेकपा माओवादी नेता मोहन वैद्य ‘किरण’को पुस्तकसमेत पर्न सफल भएको छ ।
यसैबीच पद्यश्री साहित्य पुरस्कारले भने यस वर्षदेखि छोटो सूची निकाल्ने प्रक्रिया बन्द गरेको छ ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जाल मार्फत् विगतमा पाँच पुस्तक मनोनयन गरिएको र यस वर्षदेखि उत्कृष्ट १० पुस्तक मनोनयन गरी घोषणा गर्ने उल्लेख गरिएकोमा प्रतिष्ठानको निर्णय अनुसार यो प्रक्रियालाई स्थगित गरिएको दिनुभएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds