• ५ वैशाख २०८१, बुधबार

‘हाम्रा देवदेवी भ्रम र यथार्थ’ विमोचन

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, फागुन २६ गते । शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा बाँकेका वरिष्ठ साहित्यकार किरण आचार्यको सातौँ कृति ‘हाम्रा देवदेवी भ्रम र यथार्थ’ विमोचन गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी एवं प्राज्ञहरू महानन्द ढकाल, शशिराम कार्की र हरि तिमिल्सिनाबाट सामूहिक रूपमा कृति विमोचन गरिएको थियो । समालोचकहरू चरित्रा शाह, लेक प्याकुरेल र बोधप्रसाद प्याकुरेलले समीक्षा गर्नुभएको कृतिभित्र १८ वटा शीर्षकमा आध्यात्मिक विषयवस्तु समेटिएको छ । 

कार्यक्रममा प्राडा जनार्दन आचार्य, खगेन्द्र गिरी कोपिला, मणि अर्याल, नवीन अभिलाषी, कल्पना खरेल, भीमबहादुर शाही, छविलाल खड्का, अञ्जु न्यौपाने, खेम बगरलगायतका साहित्यकारले कृतिबारे आआफ्ना धारणा र रचना प्रस्तुत गर्नुभयो ।