रत्न मन्दिरलाई जैविक पार्क बनाउने प्रस्ताव

एकराज गिरी

Ratna mandirपोखरा । पर्यटकीय क्षेत्र फेवताल किनारामा रहेको रत्न मन्दिर दरवारलाई जैविक विविधता पार्क बनाउन प्रस्ताव गरिएको छ । विश्व सम्पदा दिवसको अवसर पारेर दरबारलाई सावजनीकिकरण गरिएको छ । फेवाता किनारमा रहेको दरवारलाई जैविक विविधता पार्क र पाँच तारे होटल निर्माण गर्नुपर्ने माग उठदै आएको छ । तर पोखराका पर्यटन ब्यवसायीले भने जैीवक पार्क बनाउन माग गदै आएका छन् । जैविक पार्क बनाउन पश्चिमाञ्च क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले पोखरा उपमहानगरपालिकालाई संचालन गर्न दिने प्रस्ताव गदै कार्ययोजना ल्याउन आग्रह गर्नुभएको छ ।
रत्नमन्दिर परिसरमा जैविक विविता पार्क लेखिएको वोर्ड राखिएको छ । क्षेत्रिय प्रशासक दिनेशकुमार थपलियाले उक्त बोर्ड राखेर सावजनीकिरण गर्नुभयो । अव छिटटै प्रक्रिया पुयाएर सर्वसाधारणका लागी खुल्ला गरिने उहाँको भनाई छ । सम्भवत रत्न मन्दिर नजिकै पुगेर आम सर्वसाधारणहरु पहिलो पटक अध्ययन अवलोन गर्न पाए । खासमा पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो रत्नमन्दिर ।
राजा स्व‍‌ वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर २०६३ सालको राजनीतिक परिवर्तनसँगै त्यसको एकबर्षपछि मन्त्रिपरिषद्को निर्णयले नेपाल ट्रष्टको स्वामित्वमा आईसकेको छ । वि.सं. २०१४ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा जाँदा बस्नमिलल्ने गरी यो दरबारको निर्माण गर्न लगाउनु भएको थियो । रत्न मन्दिरलाई हिँउदे दरबारको रुपमा समेत नामाकरण गरिएको थियो । महेन्द्रका पालामा बनेको दरबार पछि पुस्तान्तरण हुँदै रत्न मन्दिर राजा विरेन्द्रको नाममा आएको थियो । एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर २०६७ सालदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ
ऐतिहासिक महत्व बोकेका विषय बस्तुलाई निजी कम्पनीलाई व्यापारी प्रयोजनको लागि दिन नहुने भन्दै थपलीयाले नेपाल ट्रसको नाममा रहेको रत्न मन्दिर सहितको करीब ४ सय रोपनी क्षेत्रफलको जमिन पोखरा उपमहानगरपालीका कार्यालयलाई हस्तान्तरण गर्नु पर्ने बताउनुभयो । उनहाँले फेवाताल बचाउँदै यसको विकास, संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले गुमनाममा रहेका सम्पदालाई सवैको पहुचमा पुराउदै दिगो आयश्रोतको लागि समेत जैविक विविधता पार्क आवश्यक भएकोमा जोड दिनुभयो । थपलियाले फेवाताल किनारमा ६५ मिटरको मापदण्ड कुनै पनि हालतमा कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सार्वजनिक जग्गा, व्यक्तिगत जग्गा र अतिक्रमित जग्गा गरेर ३ किसिमको जग्गा रहेको बताउँदै त्यसमध्ये अतिक्रमित जग्गा ६५ मिटर भित्र व्यक्तिको नाममा रहेको भए पनि फिर्ता गरेरै छाड्ने उहाँले
दाबी गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना