• ८ वैशाख २०८१, शनिबार

कङ्गोमा द्वन्द्वका कारण विस्थापित हुने बढ्दै

blog

संयुक्त राष्ट्रसङ्घ, फागुन २५ गते । कङ्गोमा यहाँ जारी रहेको द्वन्द्वका कारण विस्थापित हुने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । कङ्गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिकहरू विस्थापित भएका छन् ।

राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी एक निकायले दिएको जानकारीअनुसार कङ्गोको पूर्वी क्षेत्रमा केही समय यता हिंसा बढेको छ । त्यस हिंसामा परेर यहाँका २० हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

यहाँ पछिल्लो समयमा एम २३ नामक एक हिंसात्मक समूहले विद्रोह गरिरहेको छ । सो समूहका विद्रोही र यहाँको सरकारी सेनाका बीचमा दिनहुँजसो भिडन्त हुन थालेका छन् ।

यहाँको उत्तरी किभु प्रान्तमा सो विद्रोही समूह र यहाँको सेनाका बीचमा भिडन्त जारी छ । सो भिडन्तमा परेर यहाँका २० हजारभन्दा बढी स्थानीय नागरिक विस्थापित हुन पुगेका कङ्गोमा रहेको राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । रासस/सिन्ह्वा