प्रधानमन्त्री आज जकार्ता जाँदै

Sushil daiकाठमाडौ, वैशाख ७ गते । इन्डोनेशियाको वाङ्डुङमा हुने एशियाली–अफ्रीकि मुलुकको सम्मेलनका भाग लिन प्रधानमन्त्री सुशील कोइरालासहितको नेपाली प्रतिनिधि मण्डल आज जकार्ता प्रस्थान गर्नुहुने भएको छ । प्रतिनिधिमण्डल दिउँसो २ः०० बजे थाई एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्री कार्यलयले जनाएको छ । 

‘विश्व शान्ति तथा समृद्धि प्रवर्धन गर्न दक्षिण–दक्षिण सहयोग सशक्तीकरण’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, सुरक्षा सहकर्मी तथा सचिवालयका सहयोगीहरु संलग्न हुनुहुन्छ । आइतबारदेखि शुरु भएको सम्मेलनको सचिवस्तरीय तथा मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सचिव शंकरदास वैराज्ञीसहितको टोली शुक्रबार नै जाकार्ता पुगिसक्नुभएको छ ।
सचिव र मन्त्रिीस्तरीय बैठक सम्पन्न भएपछि ११ गते राष्ट्र÷सरकार प्रमुखहरु सहभागी हुने शिखर सम्मेलन इण्डोनेशियाको वाङडुङमा हुने कार्यक्रम छ । बैठकमा १२५ देशको सहभागिता हुने बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना