एक हप्ता भित्रै सुकुम्बासी आयोगको कार्यविधी परिर्वतन : सिचाईमन्त्री साउद

NP Saudबासुदेव भट्ट कञ्चनपुर, मंसिर २३ गते । सिचाईमन्त्री नारायण प्रकास साउदले सुकुम्बासी आयोगको कार्यविधी एकहप्ता भित्रै परिर्वतन हुने बताउनुभएको छ ।
मंगलबार महेन्द्रनगरमा सुकुम्बासी भूमिहिन तथा अव्यवस्थित बसोबासी संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै एक हप्ता भित्रै सुकुम्बासी आयोगको कार्यविधी परिर्वतन हुने बताउनुभएको हो । मन्त्रीपरिषद्को बैठकबाट सुकुम्बासी आयोगको अधिकारबारे महत्वपूर्ण निर्णय लिईने उहाँले आवश्वान दिनुभयो ।
मन्त्री साउँदले भन्नुभयो,‘सुकुम्बासी आयोगको कार्यविधी बारे चौतर्फिक रुपमा बिरोध भईरहेको छ, किसानको हित हुने कार्यविधी ल्याईन्छ ।’ वर्तमान सुकुम्बासी आयोग किसानको हितमा नभएको भन्दै उहाँले विगतका आयोगले ल्याएका कार्यबिधी र काम समेत ग्रहण गर्नुपर्नेमा जोडदिनुभयो ।
सुकुम्बासी आयोगको अधिकार परिर्माजित गर्दै छुटपुट सबै अव्यवस्थित सुकुम्बासी, भूमिहीनहरुको समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाईछ । जनताले तिर्न नसकने राजस्व र जमिनको हदबन्दीलाई किसानको हित हुने गरि निर्णय गर्ने मन्त्री साउदले आश्वासन दिनुभयो । साताव्यपी रुपमा जिल्ला भ्रमणमा आएका सिचाईमन्त्री साउद मंगलबारै राजधानी फर्केने उनको निजी सचिवालयले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना