• ६ वैशाख २०८१, बिहिबार

‘मबाट महिलावाद’

blog

काठमाडौँ, फागुन २५ गते । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित ‘मबाट महिलावाद’ कार्यक्रममा प्रविधिले समाजमा पारेको प्रभावबारे नाटक मञ्चन, कविता मुक्तक वाचन गरिएको छ । 

महिला, विकास र कानुन मञ्च तथा इक्वालिटी नाउ संस्थाद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न कलेजका कानुन सङ्कायका विद्यार्थीले नाटक तथा रचना वाचन गरेर सिर्जनात्मक ढङ्गमा महिलावाद आफैँबाट सुरु गरौँ भन्ने सन्देश दिनुभएको थियो । साथै प्रविधिको दुरुपयोग गरेर महिलाको चरित्र हत्या गर्ने, महिलामाथि हिंसा गर्नेलाई प्रहरी प्रशासनमा गएर उजुरी गर्न प्रेरित गर्ने नाटक तथा विभिन्न रचनाको सन्देश थियो । 

अभिवक्ता नेहा गुरुङ, गायिका समृद्धि राईलगायतले कविता, गीतमार्फत महिलाले आफूभित्रको आत्मविश्वासलाई खोज्दै आत्मसम्मानले बाँच्ने वातावरणका लागि आफैँले पहल गर्नुपर्ने भाव प्रस्तुत गर्नुभएको थियो । महिला विकास र कानुन मञ्चले मेरो एपमार्फत महिलालाई आफ्नो कानुनी अधिकारबारे जानकारी दिँदै आएको छ ।