आम्दानीको स्रोतः काफल

kaphalतुलसीपुर (दाङ), वैशाख ७ गते । बढ्दो गर्मीसँगै तुलसीपुर बजारमा यतिखेर काफल बिक्री गरेर महिलाले आम्दनी गर्दै आएका छन् । विशेष गरेर तुलसीपुर नगरपालिका–७ का गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गरिन्छ । काफल किन्नेको बजारमा भिड लाग्छ । 


एक माना रु २५ देखि रु ४० सम्ममा बिक्री हुने गरेको काफल बिक्री गर्दै आएकी सल्यान कपुरकोटका सीता पुनले बताउनुभयो । “काफलबाट सिजनमा रु २० हजारदेखि रु २२ हजारसम्म आम्दानी गछौँ” उहाँले भन्नुभयो । उहाँले गतवर्ष रु ३० हजार आम्दानी गर्न सफल भएको बताउनुभयो । आफु मात्र होइन दुई छोरीले समेत विद्यालय बन्द भएको मौका पारी जङ्गलमा गई काफल टिप्ने र बिक्री गर्ने गरेको पुनले बताउनुभयो ।

यतिखेर ग्रामीण भेगका विपन्न वर्गका बालबालिकाले काफल टिपेर बजारमा बेच्ने गर्दछन् । यसबाट आएको पैसाले कापी, कलम, किताब लगायतका शैक्षिक सामग्री किन्ने गर्छन् ।

सल्यानको काफलले दाङ तुलसीपुर, घोराहीलगायतका बजारमा मात्र होइन अन्य ठाउँमा पनि राम्रो मूल्य पाएको छ । काफल खानका लागि यहाँका मानिस सल्यानसम्म जाने गरेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना