• ८ वैशाख २०८१, शनिबार

भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नाजिबलाई सफाइ

blog

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक । फाइल तस्बिर

क्वालालम्पुर, फागुन १९ गते । मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।  तर उहाँले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्नुपर्ने समाचारमा जनाइएको छ ।

राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाण प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलान बताउनुभएको छ । भ्रष्टाचारको सो आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो । 

परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उहाँलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ । उहाँलाई  तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ । हाल अरुलले पनि सफाइ पाउनुभएको छ । रासस/एएफपी