• ७ वैशाख २०८१, शुक्रबार

कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेसन फारम खुला

blog

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ।

काठमाडौं, १९ फागुन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ९ को रजिष्ट्रेसन फारम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फर्म भर्दा पछिसम्म फरक नपर्ने गरी भर्न/भराउन अनुरोध गरेको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनका लागि फारम भर्नुपर्नेछ । फारम फागुन १९ देखि वैशाख १५ गतेभित्र भर्नुपर्नेछ ।

‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे–नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’ परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी, धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै बोर्डले सचेत गराएको छ ।