• ८ वैशाख २०८१, शनिबार

सामान्य घट्यो सुनको मूल्य

blog

काठमाडौँ, फागुन  १९  गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू. एक लाख दुई हजार पाँच सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख दुई हजार एक सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार दुई सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस