• १६ चैत २०८०, शुक्रबार

कागज (कविता)

blog

म एक सदा पाना हूँ

अक्षरहरू पोखिरन्छ ममाथि

फगत साहु तमसुक लेख्छ

विद्यार्थी नोट बनाउँछ

शिक्षक बासी पुराण सार्छ

उजुरवाला उजुर लेख्छ

उनीहरू सबै खप्पर उकालेर

नानाभाँती केके लेख्छ

म पूरापुर भरिन्छु

बोकेर एउटा– अभिशप्त जिन्दगी 


म निर्भिलाशी– निर्जन हूँ

यहाँ सबको मनोमानी चल्छ

जो च्यात्छन् फाल्छन्

मन परे सुक्षित सन्दुक र फाइलमा राख्छन्

बनाउँछ– जस्तो कि  एउटा बन्दकी

बनाउँछ– जस्तो कि एउटा साक्षी 

मन नपरे बदलिदिन्छन् सबै सबै

तर म आफू जलेर पनि

ज्ञानको भ-याङ चढाउने 

हूँ एक कागज ।।