नेकपाको कार्यालयमा भिडियो कन्फरेन्सको व्यवस्था गरिने

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्वाराही र पेरिसडाँडास्थित रहेको दुवै पार्टी कार्यालयको कार्य सञ्चालनका लागि भिडियो कन्फरेन्सको व्यवस्था गर्न लागेको छ ।
नेकपाको दुवैतिर हुने काम कारवाहीको जानकारी दिनका लागि भिडियो कन्फरेन्सयुक्त प्रविधि जडान गर्न लागिएको हो । एउटा कार्यालयमा भएको बैठक र त्यसको निर्णय दुवै कार्यालयबाट सार्वजनिक हुने व्यवस्थाका लागि यो प्रविधि जडान गर्न लागेको हो ।  यसअघि धुम्वाराहीमा नेकपा (एमाले) र पेरिसडाँडामा माओवादी केन्द्रको पार्टी कार्यालय सञ्चालनमा थिए । पार्टी एकीकरण भएर नेकपा बनेपछि पनि दुवैतिरको पार्टी कार्यालय यथावत राख्ने निर्णय भएको हो ।
एउटा कार्यालयमा हुने गतिविधि वा बैठक अर्को कार्यालयमा रिले गर्न वा जानकारी गराउन त्यही भिडियो कन्फरेन्सको माध्यबाट जानकारी गराउने कार्यालय व्यवस्थापन समितिका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य गोपालकृष्ण श्रेष्ठ जानकारी गराउनुभयो ।cpn Office
उहाँले भन्नुभयो, ‘कन्फरेन्सका लागि चाहिने प्रविधि जडान गर्ने निर्णय भएको छ । त्यसको तयारी भइरहेको छ ।’ अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यालय दुवैतिर रहने गरी त्यसको व्यवस्थापन दुवैतिर भइसकेको पेरिडाँडा कार्यालयमा रहनुभएका प्रकाश पोखरेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘दुवैतिर अध्यक्ष, महासचिव, प्रवक्ताको कार्यकक्ष निर्माण भइसकेको छ ।
पार्टीको सचिवालय धुम्वाराहीमा राख्ने निर्णय भएको र त्यसको पूर्वाधार तयारी भइरहेको जानकारी गराउँदै नेता श्रेष्ठले आर्थिक विभाग, सङ्गठन विभाग, राजकीय मामला विभाग, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार समिति पनि धुम्वाराहीमा रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार समिति सचिवालय अन्तर्गत रहने भएकाले त्यसलाई धुम्वाराहीमा राखेको छ ।’ धुम्बाराहीमा सचिवालयमा रहेका नौ सदस्यका लागि फरक–फरक कोठामा कार्यकक्ष लगभग तयार भइसकेको उहाँले जानकारी दिनुभाये ।
त्यसबाहेक विभिन्न मोर्चा, पेसागत सङ्घ, सङ्गठन, जनवर्गीय सङ्गठन बाँकी विभागहरु पेरिसडाँडामा रहने बताइएको छ । पार्टी एकीकरण तयारीका लागि गठन भएको कार्यदलले ३२ वटा विभागको सिफारिश गरेको छ ।
यद्यपि अहिले जनवर्गीय सङ्गठन, विभाग, पेसागत सङ्घ, सङ्गठन तथा मोर्चाहरु मर्ज भएको छैन । जनवर्गीय सङ्गठनका एकीकरणका लागि विभिन्न कार्यदल बनेको छ । ती कार्यदलले विभिन्न चरणमा छलफल गर्दै आएको स्थायी समिति सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds