उच्च अदालत पाटनको मुद्दा फछ्र्यौट पाँच वर्षयताकै उच्च

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते । उच्च अदालत पाटनले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिब ६० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । फछ्र्यौट प्रतिशत अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो । अदालतले जेठ मसान्तसममको विवरण मात्र सार्वजनिक गरेको हो । अदालतको मुद्दा फछ्र्यौट दर पछिल्लो पाँच वर्षयताकै उच्च हो ।
आर्थिक वर्ष २०७४/०७५ मा जिम्मेवारी सरेका छ हजार ७२४ मुद्दासहित कुल १३ हजार ३९४ मुद्दा थिए । जसमध्ये आठ हजार २३ मुद्दा फछ्र्यौट भएका हुन् । पाँच हजार ३७१ मुद्दा अदालतमा विचाराधीन छन् । फछ्र्यौट प्रतिशतका आधारमा ५९ दशमलव ९० प्रतिशत मुद्दा फछ्र्यौट गरिएको हो ।
सुरु दताएका ४२४ मुद्दामा फछ्र्यौट लक्ष्य २९७ आँकलन गरिएको थियो । यस्तै, उच्च आलतमा चालु वर्षमा पुनरावेदन छ हजार ११९, साधकमा ११, रिटमा ४३० नयाँ मुद्दा दर्ता भएका थिए । यस्तै, अदालती बन्दोबस्त १७ नम्बर अन्तर्गतका प्रतिवेदनका १२९ नयाँ मुद्दा दर्ता भएका थिए ।
अदालतले चालु वर्षको साउन महिनामा ६५६ मुद्दा फछ्र्यौट गरेको छ । यस्तै, भदौमा एक हजार ८० असोजमा ४१६, कात्तिकमा ६७१, मङ्सिरमा ५९३, पुसमा ८७३, माघमा ७६८ मुद्दा फछ्र्यौट भएका छन् । यस्तै, फागुनमा ७६७, चैतमा ७५३, वैशाखमा ७४० मुद्दा फछ्र्यौट भएका छन् । जेठ महिनामा सात सय ममुद्दा उच्च अदालतले फछ्र्यौट गरेको छ ।
हाल उच्च अदालतमा २७ जना न्यायाधीश कार्यरत छन् । कुल दरबन्दी भने ३५ न्यायाधीशको छ । उच्च अदालतका अनुसार अदालतमा बाँकी मुद्दामध्ये निवेदनमध्ये १६ वटा विचाराधीन छन् । यस्तै, प्रतिवेदनतर्फ १४७ मुद्दा विचाराधीन छन् । नियमति देवानी तथा फौजदारी लगतमध्ये पाँच हजार ३७१ मुद्दा बाँकी छन् ।
यस्तै वणिज्य इजलासमा रहेका कुल एक हजार ५५४ मुद्दामध्ये ६८१ थान मुद्दा फछ्र्यौट भएका छन् । वाणिज्य इजलासले बैकिङ कसुर, दामासाही, कम्पनी तथा वाणिज्य प्रकृतिका मुद्दा हर्नेछ । उच्च अदालत पाटनमा छुट्टै वणिज्य इजलास सञ्चालन हुँदै आएको छ । Cout-22032017044854-300x0
उच्च अदालतले ११ महिनामा आठ हजार २३ मुद्दा फछ्र्यौट गर्दा २१ हजार ७४० आदेश भएका छन् । यस्तै पेशी तोकिएका १९ हजार ३४७ वटा पेशी स्थगित भएका छन् । यस्तै दैनिक पेशी सूचीमा प्रकाशित भइ आठ हजार ३७९ पेशी हेर्न नभ्याइनेमा परेका छन् ।
अदालतमा रहेको वैतनिक कानुन व्यवसायीले ११ महिनाको अवधिमा २७ पटक कारागार भ्रमण गरेका छन् । जसमा कैदीहरुका समस्या बुझ्ने र कानुनी सल्लाह दिने काम भएको अदालतले जनाएको छ । यस्तै, ‘मिट दि जज’ पाँच पटक र जुडिसियल आउटरिचका ५ कार्यक्रम सम्पन्न भएका छन् । कानुन व्यवसायीसँग तीन पटक अन्तक्र्रिया भएका छन् ।
अदालतमा यसअघि १५ इजलास रहेको थिए । जसअनुसार वार्षिक १० हजार ९० मुद्दा फछ्र्यौटको लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म आठ हजार २३ मुद्दा फछ्र्यौट भएका छन् । तोकिएको भन्दा दुई हजार ६७ कम मुद्दा फछ्र्यौट भएका हुन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना